नयाँलाई चान्स खै मिलनजी ?


निर्देशक मिलन चाम्स फिल्म बनाइराख्छन् । फिल्म बनाउनेमा उनी अघि छन् पनि । तर, मिलनले बनाएका फिल्ममा कम फिल्म चलेका छन्, धेरै असफल छन् । कथा कम छन्, स्टाइल धेरै छन् मिलनको फिल्ममा ।

मिलन चाम्स फिल्ममा नामै चलेका कलाकार लिन्छन् । पल शाह, प्रदिप खड्का, साम्राज्ञी आरएल शाह, प्रियंका कार्की, दयाहाङ राई उनका फिल्मका कलाकार ।

अनमोल केसीसँग संझौता भएर फिल्म नबनेको हो । खोज्न त उनले पनि अनमोल खोजेका हुन् । मिलन स्टार कलाकार लिएर मात्र फिल्म नचल्ने बताउँछन् । कथा राम्रो हुन पर्यो रे फिल्म चलाउन ।

उसो भए नयाँलाई मौका दिइ भैहाल्यो त । बलियो कथा लेखेर फिल्म बनाउनु नी । किन ५० लाखसम्म तिरेर स्टारकै पछि दौडनु नी ।

मिलनको फिल्ममा कथा कमजोर पाइएको छ । यसैले स्टार कलाकार चाहिएको होला । कथा बलियो बनाएर नयाँ नयाँ प्रतिभालाई अवसर दिएर फिल्म चलाएर हेरौ त मिलनजी ।