प्रतिष्ठानद्धारा यसबर्षको पद्मश्री साधना सम्मान र पद्मश्री साहित्य पुरस्कार रद्द

यस वर्षको पद्मश्री साधना सम्मान साहित्यकार मोदनाथ प्रश्रित र पद्मश्री पुरस्कार ‘हंस’ उपन्यासका लागि सञ्जीव उप्रेतीलाई दिने निर्णय लगत्तै श्रष्टाले पुरस्कार तत्काल नलिने घोषणा गरेका थिए । मोदनाथ प्रश्रितले एक विज्ञप्ती जारी गर्दै तत्काल पुरस्कार नलिने र केहि समय सार्न भनेका छन् ।

त्यस्तै उपन्यासकार उप्रेतीले यौन हिंसाको आरोप लागेका प्रश्रितसँग एउटै मञ्चमा बसेर पुरस्कार लिन गाह्रो हुने अभिव्यक्ति सार्वजनिक गरेपछि विवाद सिर्जना सुरु भएको हो । केहि समय अगाडी नेकपाकी कार्यकर्ता शारदा भुसालले पुस्तकै लेखेर प्रश्रितले आफूमाथि यौन हिंसा गरेको आरोप लगाएकी थिइन् । यस विवादले चर्को रुप लिएपछि यस बर्षको पुरस्कार रद्द गरिएको प्रतिष्ठानले जनाएको छ । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानका अध्यक्षले एक विज्ञप्ती जारी गर्दै यसबर्षको कुनै पनि पुरस्कार वितरण नगर्ने बताएको छ ।

खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानद्वारा वि.स.२०६३ सालदेखि प्रत्येक वर्ष कृतिका लागि अर्पण गरिँदै आएको पद्मश्री साहित्य पुरस्कार र वि.सं.२०६७ सालदेखि नियमित रूपमा अर्पण गरिँदै आएको छ । प्रतिष्ठानको विज्ञप्तीमा भनिनएको छ ,‘यस बर्षको पद्मश्री साधना सम्मान घोषणा भएपछि केही विवाद र अहसज परिस्थिति सिर्जना भएको तथा सम्मानित र पुरस्कृत दुवै प्रतिभाले छुट्टाछुट्टै विज्ञप्ति निकाली पुरस्कार अस्वीकार गर्ने घोषणा गरेको असहज परिस्थितिमा उहाँहरुको इच्छालाई विनम्रतापूर्वक कदर गर्दै यस वर्ष अर्पण गरिने पूर्वघोषित सम्मान तथा पुरस्कारको घोषणा आज बसेको प्रतिष्ठानको आकस्मिक बैठकले रद्द गर्ने निर्णय गरेको छ । यसबाट पर्न गएको असहजताले हामी अत्यन्त दुःखी छौं, तर हाम्रो उद्देश्य कसैको भावना र संवेदनामा ठेस पुर्Þयाउने कदापि थिएन । सम्मानित र पुरस्कृत स्रस्टा, साहित्यप्रेमी, तथा शुभचिन्तक महानुभावहरुको आत्मसम्मानमा पर्न गएको ठेसप्रति प्रतिष्ठान क्षमायाचना गर्दछ ।’