ज्योतिको ‘यो कस्तो माया ’मा ध्रुव र निरु

गीतकार ज्योति गुरुङ्गको ‘यो कस्तो माया’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । लोकप्रिय गायिका मेलिना राइको सुमधुर स्वमा सजिएको गीतको भिडियोमा मन, माया र समर्पणको भावलाई नजिकबाट केलाइएको छ ।


भिडियोमा ध्रुव दत्त , निरु कोइराला , आस्था जोशी र स्वास्तु जोशीको अभिनय देख्न सकिन्छ ।प्रवास बेलायतमा रहेका यी कलाकारहरु शब्दको भावलाई पर्दामा जीवन उतारेका छन् । बेलायतको रमणीय दृश्यमा छायांकन गरिएको गीतको भिडियो सञ्चारकर्मी कुशल श्रेष्ठले तयार पारेका हुन् । भिडियोको निर्देशन र सम्पादन पनि श्रेष्ठले नै गरेका हुन् ।