श्रेयाको निर्देशनमा ‘जुनी जुनी’

अभिनेत्री श्रेया दुलाल अभिनय का साथै निर्देशनको क्षेत्रमा समेत हात हालेकी छन । गायिका मनिषा पोखरेलको आवाजमा रहेको ‘जुनी जुनी’ गीतको भिडियोलाई उनले निर्देशन गरेकी हुन । कलाकारिता क्षेत्रमा राम्रो सम्भावना भएकी अभिनेत्री हुन् श्रेया ।

गीतमार्फत मायामा हुने अविस्वासबाट उत्पन्न हुने समस्यालाई गीतको भिडियोमा देखाइएको छ । डिवी तामाङको शब्द तथा सन्तोष प्रगाढको संगीत तथा एरेन्ज गीतमा छ । मिलन शंकरको छायाँकन , अर्जुन पोखरेलको सम्पादन भिडियोमा छ । गीतको भिडियोमा सरिष्मा मगर , दीपक घिमिरे , सुष्मा धमलाको फिचरिङ रहेको छ ।