शान्तिश्रीको आवाजमा ‘परदेशीको समाचार’

शान्ती श्री परियार र रमन रायमाझीको स्वरमा ‘ परदेशीको समाचार’ बोलको दसैँ गीत सार्वजनिक भएको छ । परदेशिको समाचार गीत दसैँ तिहारलाई मध्यनजर गरि सार्वजनिक गरिएको गीतमा सिद्धान्त परियारले लय भरेका छन् । गीतको शबद रचना गीतकार नविन पन्तको रहेको छ ।

गीतको म्यजिक भिडिया पि.के इन्टरटेनमेन्टको प्रस्तुतीमा रहेकोको सोमबार सार्वजनिक गरिएको हो । नरेश सिंह चैरिसको छायांकन र मनिष कार्कीको सम्पादनमा तयार भएको यस गीतमा चाडपर्वमा आफ्नो गाउँ घर र परिवार सम्झेर परदेशमा आफ्नो जीवन बिताउने परदेशीहरुको पीडालाई दर्शाइएको छ ।

गीतमा लक्ष्मण चौलागाईं, नवीन पन्त,कसिस दाहाल, सुनिता गौतम, करण,अनिशको उत्कृष्ट अभिनय देख्न सकिन्छ । रोनिस तामाङले ड्रोन खिचेका हुन् भने उर्मिला लामाले मेकअपमा साथ दिएकी छिन् । भिडियो