प्रमोद र ऋचाको उत्कृष्ट अभिनयमा ‘छाती चिरेर’

नेपाली सुगम संगीतमा फरक स्थान बनाएका गायक प्रमोद खरेलले सार्वजनिक गरेको ‘छाती चिरेर’ बोलको गीत सार्वजनिक भएको छ ।

यस गीतमा हरि लम्सालको संगीत रहेको छ भने प्रमोदले नै शब्द लेखेका छन् । । सार्वजनिक गीतमा एउटै अफिसमा काम गरको दुइजनाको प्रेमलाई दर्शाइएको छ । प्रमोदले लेखेको शब्दहरुमा प्रेम, वियोग भावका छन् । गीतको भिडियोमा प्रेम गर्नका लागि मान्छेको भौतिक शरीर रहनु र नरहनुले खासै फरक पार्दैन भन्ने भाव देखाइएको छ ।

भिडियोलाई दीपक प्रसाद आचार्यले निर्देशन गरेको भिडियोमा गायक प्रमोद खरेल र अभिनेत्री ऋचा शर्माले अभिनय गरेका छन् । भिडियोलाई चन्दन दत्तको सम्पादन, अर्जुन तिवारीको छायांकन गरेका छन् । प्रमोद खरेलकै युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको भिडियो अहिले ट्रेण्डिङ २४ मा आइपुगेको छ ।