‘चुरोटलाई माल भनेकी हुँ, ड्रग्सलाई होइन ’ : अभिनेत्री दीपिका

- मेराेफिल्म

ड्रग्स केसमा फसेकी बलिउड अभिनेत्री दीपिका पादुकोणले एनसीबीको बयानमा आफूले ड्रग्स नभएर चुरोट पिउने गरेको बताएकी छन् । उनले आफुलाई लागेको ड्रग्सको आरोप झुटो भएको र आफुले कहिलै ड्रग्स नलिएको बताइकी हुन् ।

एनसीबीले म्यानेजर करिश्मालाई ह्वाट्स ऐप च्याटमा माल कुरा के हो भनेर सोधेको थियो । जसको जवाफमा दीपिकाले आफुले चुरोटलाई नै माल भन्ने गरेको बताएकी छन् । उनले कतिपय कुराहरु कोडभाषा प्रयोग गर्नुपर्ने भएकाले ड्रग्सलाइ माल नभनेको बयान दिएकी थिइन ।

दीपिकाले भनेकी छन् ,‘हामी सिगरेटलाई कोड भाषामा माल भन्छौं। हैश र वीड भनेको सिगरेटको प्रकार हो, अर्थात अलग अलग ब्राण्डको सिगरेट,’ उनले भनेकी छन्, ‘हैशलाई पातलो सिगरेट र र वीडलाई मोटो सिगरेट भन्छौं ।’
दीपिकाले दिएकोा बयानलाई एनसीबीले पत्याएको छैन । एनबिसीले केहि दिन अगाडी पनि दीपिकासँग सोधपुछ गरेको थियो । उनीसँगको बयान अझैँ सकिएको छैन ।

२०७७ असोज १३ गते १५:०५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *