‘चिनी कम रङ्ग कडा’ चलचित्र टि.भी एप मार्फत सार्वजनिक हुने

फिल्म ‘चिनी कम रङ्ग कडा’ चलचित्र टि.भी एप मार्फत प्रदर्शन हुने भएको छ ।

यस अघी अमेजन प्राइम भिडियो मार्फत अमेरिका र बेलायतमा मात्र हेर्न मिल्ने गरी रिलिज गरिएको थियो ।

अब भने फिल्म नेपाली दर्शकले हेर्न मिलने गरि बडा दशैंको शुभअबसर परेर प्रदर्शन गरर्न लागिएको छ ।

गीत र टिजर सार्वजनिक भइसकेको चलचित्र नेपालमा भने केहीले प्रदर्शनमा आउला भन्ने थियो, फिल्म सबैले अक्टोबर १६ बाट हेर्न पाउने विवेक घिमिरेले  जानकारी दिए ।

फिल्ममा मानव सुबेदी, सुशील सिटौला, अनु थापा, रविन जङ्ग थापा, सूर्य थापा, जीवन भट्टराई, प्रकाश भुजेल लगायत कलाकारको अभिनय रहेको छ । गणेश देव पाण्डेको निर्माण तथा लेखन रहेको फिल्म मानव सुवेदीको सङ्गीत छ भने सुशील सुबेदीको शब्द रहेको छ ।

नेपालको पहिलो नेशनल एक्टिङ कम्पिटिशनकी वीनर अनु थापाले यसमा सिन्धुपाल्चोकबाट काठमाडौ आएर चिया बेच्ने युवतिको भुमिका निर्वाह गरेकी छिन् ।

“चिनी कम रङ्ग कडा”मा याचोपो रचलिक र लुका मौचेरीको छायाङ्कन , कृष्ण भण्डारीको सम्पादन रहेको छ । गणेशदेब पाण्डेको लेखन र निर्माण रहेको छ ।

फिल्म ‘चिनी कम रंग कडा’ले दर्शकको मन जित्छ निर्देशक विवेक घिमिरेको भनाई छ ।