फिल्ममा चटनी सलोन


चटनीको अर्थ के होला । नेपालीको खानामा चटनी प्रिय हो । चटनी अर्थात खानामा प्रयोग हुने अचार । थोरै हुन्छ ट्वाक्क हुन्छ । चटनी नभएपनि खानामा फरक पर्दैन । भैदियो भने स्वादमा सुगन्ध हो ।

नेपाली फिल्ममा अभिनेता सलोन बस्नेतलाई चटनी भन्दा हुन्छ । उनी चटनी किन हुन् त ? सलोन बस्नेत फिल्ममा नहुँदा के हुन्छ, केही नी हुन्न । एक्लै आउँदा उनी तरकारी भएर आउँदा पनि केही हुन्न । स्टार कलाकार छन् भने उनलाई चटनी जस्तो देखिन्छ । उनी आउँछन् हसाँछन् । कथामा नयाँ मोड ल्याउँछन् । तर, फिल्ममा उनकै नाममा दर्शक आएका हुदैनन् ।

सलोन बस्नेतका पिताले बनाएको लक्ष्मी पुजाको गीतमा सलोन छन् । यो फिल्ममा उनी छैनन् । उनी यो फिल्ममा पनि चटनी भएका छन् ।

सलोन बस्नेतलाई अनमोल केसी, सलिनमान बनिया हिरोको फिल्ममा देखिन्छ । तर, उनी हसाउन आइपुगछन् । फिल्म नै धान्ने होइनन् । अचार जस्तै । स्वादिलो, मिठो तर छोटो । सलोन चटनी मात्र बन्ने कि मिठो तरकारी ।