धमाधम खुल्न थाले फिल्म हल , फिल्म हेर्ने दर्शक मलका कर्मचारी र सुरक्षा गार्ड

कोरोना भाइरसको संक्रमणका कारण बन्द गरिएका फिल्म हल खुल्न थालेका छन् । आजबाट भारतका धेरैजसो फिल्म हल खुलाइएको छ । करिब ७ महिना अघिबाट बन्द रहेका फिल्म हलहरु खोल्न सरकारले अनुमती दिएसँगै आजबाट हल सञ्चालनमा आएका हुन् । हल सञ्चालनमा आएसँगै फिल्म हलमा पुराना फिल्महरु प्रदर्शन गरिएको छ ।

आधा दजर्न भन्दा धेरै फिल्म हलको पखाईमा रहेका छन् भने धेरै जसोफिल्महरुले डिटिटल माध्यमबाट प्रदर्शन गरिसकेका छन् । भारतमा मार्च देखि १० हजार सिनेमा हल बन्द रहेको थियो । बन्द भएका फिल्म हल खुलेसँगै बलिउडले गति लिने धेरै अनुमान गरिएको छ । सिनेमा हल खुलेपनि निकै कम संख्यामा मात्रै दर्शक फिल्म हेर्न पुगेका छन् । हल खाली हुँदा सिनेमा हल रहेको मलका कर्मचारी, गार्ड नै कुर्सीमा बसेर फिल्म हेर्न बसेका थिए । दर्शकलाई सिनेमा हल प्रवेश गर्दा र भित्रपनि मास्क अनिवार्य गरिएको छ ।