‘गान्धी’ फिल्मबाट अस्कर अवार्ड दिलाउने चर्चित कस्ट्युम डिजाइनर भानू अथैयाको निधन

भारतको पहिलो अस्कर अवार्ड विजेता एवं भारतीय सिनेमा क्षेत्रकी चर्चित कस्ट्युम डिजाइनर भानू अथैयाको ९१ वर्षको उमेरमा निधन भएको छ । ३ बर्षदेखि ‘ ब्रेन ट्यूमर’का कारण ओछ्यान परेकी थिइन् ।  भानूले सन् १९८२ मा सार्वजनिक भएको फिल्म ‘गान्धी’मा कस्ट्यूम डिजाइन गरेकी थिइन् । यसै फिल्मबाट उनले अस्कर अवार्ड दिलाएकी थिइन् । जुन फिल्मलाई ब्रिटिस निर्देशक रिचर्ड अटेनबोरोले निर्देशन गरेका थिए ।

भानू अथैयाले एक सयभन्दा बढी फिल्मका लागि कस्ट्यूम डिजाइन गरेकी थिइन् । त्यस्तै उनले आमिर खानको फिल्म फिल्म ‘लगान’ र शाहरुख खानको फिल्म ‘स्वदेश’ उनको अन्तिम पटक कस्ट्यूम डिजाइन गरिएको फिल्म रहन पुग्यो ।  भारतिय समाचारका अनुसार अथैयाले सन् २०१२ मा अस्कर अवार्ड फिर्ता गर्ने पक्षमा रहेकी थिइन् । किनभने भानु आफू मरेर गएपनि अवार्ड सुरक्षित रहोस् भन्ने उनको भनाई थियो । भानू राम्रो चित्रकार पनि थिइन् । उनले सुन्दर चित्रहरु कोर्न गरेकी थिइन । उनले चित्रकारितामा गोल्ड मेडलिस्ट थिइन् ।