प्रिज्मा ,प्रिन्सी र नाजिर अभिनित बिश्व गौडेलको ‘सुनरीमै’ रिलिज (भिडियो )

लामो समयदेखि अष्ट्रेलियामा बसेर नेपाली कलासंस्कृति, रितिरिवाजसंगै मौलिकपना झल्किने गीतहरुको लेखनमा लागेका युवा गीतकार
बिश्व गौडेलकोको नयाँ गीत ‘सुनरीमै’ सार्वजनिक भएको छ ।

गायक प्रमोद खरेल र लोकप्रिय गायिका मेलिना राईको युगल स्वर रहेको गीत  ‘सुनरीमै’  दीपक शर्माको संगीत र साहस शाक्यको एरेन्ज रहेको  छ। गीतको भिडियोमा टिकटकका सर्वाधिक हिट जोडी प्रिज्मा ,प्रिन्सी खतिवडा र  नाजिर हुसेनको अभिनय रहेको छ ।भिडियोमा नबराज उप्रेतीले छायाँकन नबिन निरौलाको सम्पादन र गम्भीर बिस्टको कोरियोग्राफी र जीवन रसाईलीको निर्देशन रहेको छ ।

पछिल्लो समय कलासंस्कृति, रितिरिवाजसंगै मौलिकपना झल्किने नेपाली गीत संगीतलाइ  युवाहरुले भुल्न थालेको र पाश्चात्य संस्कृति हावी हुदै जान थालेकाले नेपाली संगीतको संरक्षणका लागि यो म्यूजिक भिडियो सहितको गित बजारमा ल्याएको भिडियो निर्माता ब्लेक  ब्रोस इन्टरटेनमेन्टको भनाइ छ  ।