विजय शंखर र विमोचना लोम्जेलको स्वरमा  ‘माया बैगुनी’ 

- मेराेफिल्म

गायक विजय शंखरले आफ्नो नयाँ म्युजिक भिडियो ‘माया बैगुनी’ सार्वजनिक गरेका छन्। गीतमा स्वर विजय शंखर र भोइस अफ नेपाल फेम्ड गायिका विमोचना लोम्जेलको रहेको छ। गीतमा शब्द र संगीत स्वयम् गायक विजय शंखरको रहेको छ ।गीतलाई टेकेन्द्र याक्शो लिम्बुले संगीत संयोजन गरेका हुन्।

 रोमान्टिक भिडियोमा नायिका आंचल शर्मा र मोडेल निराजन प्रधान फिचर्ड छन्। सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको यस भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन्।सोनाम पाख्रिनको निर्देशनमा रहेको भिडीयोमा सुशील न्यौपानेको सम्पादन रहेको छ ।

२०७७ कार्तिक १ गते ८:०१ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *