क्यान्सरलाई जित्ने सञ्जय दत्तको उद्घोष

दुइ महिना अगाडी स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका बलिउड अभिनेता सञ्जय दत्तलाई अस्पतालले फोक्सोको क्यान्सर भएको बताएका थिए । उनले आफु विरामी भएको कुरा गरेका भएपनि क्यान्सर भएको कुरा बाहिर बोलेका थिएनन् ।

उनले क्यान्सरबाट पिडित भएको लामो समय पछि पहिलो पटक मुख खोलेका छन् । हालै आफ्नै इन्स्टाग्राम लाइभमार्फत् क्यान्सरलाई चाँडै निको पार्ने बताएका छन् । उनले आफ्नो समस्याका बारेमा भनेका छन्,‘यो रोगलाई चाँडै हराएर छाड्छु ।’

६१ बर्षिय सञ्जयले अहिलेसम्म एक सय ५० भन्दा बढी फिल्ममा अभिनय गरेका छन् । उनको नयाँ फिल्म यहि नोभेम्बरमा छायाँकनमा निस्कने तयारीमा रहेको पनि उनले इन्स्टामार्फत जानकारी दिएका छन् । बिरामी हुुँदाहुँदै पनि उनले एक महिना अगाडी फिल्म ‘शमशेरा’को छायाँकन सकेका छन् । क्यान्सरबाट सञ्जय दत्त परिवारमा आमा नरगिस र पहिलो श्रीमती ऋचा शर्माको निधन भइसकेको छ ।