‘एभरग्रिन फेसन आइकन’बाट सम्मानित भए भुवन केसी

चार दशक नेपाली फिल्ममा योगदान पुर्याएको भन्दै अभिनेता, निर्माता, निर्देशन भुवन केसीलाई ‘एभरग्रिन फेसन आइकन’ अवार्डबाट सम्मानित गरिएको छ । उनलाई सौन्दर्य र फेसन क्षेत्रका ब्यक्तिहरुलाई सम्मान गर्न पेजेन्ट नेपाल इन्टरनेशनले आयोजना गरेको एक कार्यक्रममा अवार्डबाट सम्मानित गरिएको हो ।

नेपाली फिल्मी जगतमा भुवनलाई सदावहार नायकका रुपमा लिने गरिन्छ । त्यस्तै , उनको फेसन प्रतिको सजकतालाई अध्यनजर गरेर अवार्ड दिइएको पेजेन्ट नेपाल अध्यक्ष दिक्पाल कार्कीले बताए छन् । अवार्डबाट सम्मानित हुँदा आफूलाई अत्यन्त हर्षित र थप उत्साहित बनाएको केसीले बताए । गत वर्ष अभिनेत्री करिश्मा मानन्धरले अवार्ड हात पारेकी थिइन् ।