पोखरा घुम्दैँ राजेश हमाल र मधु

महानायक राजेश हमाल पछिल्लो समय पोखरा घुमफिरमा रहेका छन् । श्रीमती मधु सहित पोखरा पुगेका हमाल अहिले भेटघाटमा व्व्यस्त रहेका छन् । हमाल समता फाउन्डेशनको निर्माणमा चलिरहेको कार्यक्रम ‘जातको प्रश्न’ टेलिभिजनबाट चलाइरहेका छन् । जुन अहिले विवादित रहेको छ ।

उनको चौतफी विरोध भइरहेता पनि उनले यसबारेमा मुख खोलेका छैनन् । बरु सामाजिक सञ्जाल फेसबुकमा आफ्नो घुमघामको तस्बिर शेयर गर्दै केही मानवताका कुरा, केही फिल्मका कुरा लेखेका छन् । साथीभाईसँगको भेटघाटका तस्विरहरु सामाजिक सञ्जालमा पोस्टयाइरहेका छन् ।