सलोनप्रति अनमोलको माया


अभिनेता सलोन बस्नेले अभिनेता अनमोल केसीसँग फिल्म खेलिरहेका छन् । उनीहरुको ए मेरो हजुर ४ रिलिज हुन बाँकी छ । सलोन अनमोलले कुन कुन फिल्म खेले । पहिलो फिल्म त सँगै खेलेका, होस्टेल ।

अनमोल सलोन फिल्ममा छुट्एिका छैनन् । माया हो अनमोल र सलोनको । अनमोल केसी एउटा हिरो बाँकी छन्, म्यूजिक भिडियो खेल्ने । अरु त खेलेको खेल्यै छन् । म्यूजिक भिडियोमा जोडिएका छैनन् भनौ अनमोल ।

तर, सलोनले खेलेको भिडियोलाई अनमोलले माया दर्शाए । सलोनले गायिका स्मिता दाहालसँग खेलेको मायाले बोलायो मलाई गीत सार्वजनिक भयो । यो गीतलाई अनमोलले आफ्नो इन्स्टाग्राम स्टोरीमा हालेछन् । अनमोलले यस्तै गरेका थिएनन् पहिले । अहिले उनले यस्तो गरे सलोनका लागि ।

सलोन आफैले बनाएका हुन् गीत । यही भएर सलोनलाई अनमोलले प्रेम देखाए । मित्रता होस् अनमोल सलोनको जस्तो ।