फिल्म भाँडाकुटीमा मुकुन र बेनिशा

घटस्थापनाको दिन पारेर शनिवार नयाँ फिल्म घोषणा गरिएको छ । दृष्यालय सिनेमा प्रालिको ब्यानरमा निर्माणमा बन्न लागेको फिल्म भाँडाकुटीको शनिवार राजधानीमा एक कार्यक्रमबीच औपचारिक घोषणा गरिएको हो । फिल्मको कार्यक्रममा अभिनेत्री बेनिशा हमाल र अभिनेता मुकुन भुषाल लगायतको उपस्थिति रहेको थियो ।

आगामी फागुनबाट छायाँङ्कनमा जाने भनिएको फिल्मलाई वुटवल आसपासका ठाउँमा छायाँकन गरिने निर्माणपक्षले जानकारी दिएको छ ।
बैवाविक परिवेश सहितको सामाजिक कथामा निर्माण हुन लागेको फिल्मलाई किरण बिकले निर्देशन गर्दैछन् । किरण बिककै कथामा कलम खड्काले फिल्म निर्माण गर्न लागेका हुन् । फिल्म ओस्कार फिल्म कलेज पास आउट भएका यूवाहरुको समूहको पनि सहभागीता हुने फिल्म युनिटले जानकारी दिएको छ ।

फिल्मलाई निशल पौडेलले खिच्ने भएका छन् भने राजकुमार दर्जीको कोरियोग्राफि र भिम बिकको सम्पादन रहने छ । फिल्ममा गोपाल आचार्य एशोसियट डाइरेक्टर रहनेछन् । झण्डै एक करोड लगानीमा नयाँ टिमले फिल्म भाँडाकुटी निर्माण गर्न लागेका हुन् । समाजको कथालाई नयाँ ज्ञान सहित पुरा अनुभवहरुको साथमा राम्रो फिल्म बनाउने उद्देश्य सहित नयाँ टिम आएकोले सबैले सहयोग गरिदिन निर्देशक किरणले अनुरोध गरेका छन् ।