कोरोना संक्रमणबाट सिनेमाटोग्राफर तथा सम्पादक बैकुण्ठ मास्केको निधन

कोरोना भाइरसका कारण नेपाली फिल्मका पहिलो सिनेमाटोग्राफर तथा सम्पादक बैकुण्ठ मास्केको निधन भएको छ । कोरोना संक्रमणका कारण ज्यान गुमाउने नेपालका पहिलो फिल्मकर्मी हुन् । उनको ८३ बर्षको उमेरमा निधन भएको हो । लामो समयदेखि फिल्मको छायाँङ्न गरिरहेका मास्केले २०२१ सालमा पुनास्थित भारतीय फिल्म प्राविधिक शिक्षालयबाट औपचारिक अध्ययन गरेका थिए ।

उनले फिल्म परिवर्तन, मनको बाँध, हिजो आज भोली लगायत दुई दर्जन बढि लोकप्रिय फिल्महरु छायांकन गरेका छन् । ७ बर्षदेखि मृगौला रोगका कारण उपचार गराउदैँ आएका थिए । उनको गत आइतबार कोरोना संक्रमण पुष्टि भएपछि आईतवार नै निदान अस्पताल रिफर गरिएको थियो । मास्केका एक श्रीमती र एक छोरी छन् । उनकी श्रीमती बिमला मास्के विस १९९३ सहसचिवबाट रिटायर्ड भएकी थिइन् ।

दिवंगत मास्केलाई गत राष्ट्रपति विद्यादेवि भण्डारीले वीरगञ्जमा कदर पत्रले सम्मान गरेकी थिइन भने नेपाल चलचित्र निर्माता संघले वीरगञ्जको आदर्शनगर रंगशालामा आयोजना गरेको ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव २०७६’ बाट सम्मानित गरेको थियो ।