कमल र मेलिनाको ‘माया गाँठो पर्ला ‘मा रविन र एन्जिला

गायक कमल श्रेष्ठ  र लोकप्रिय गायिका मेलिना राईको युगल स्वरमा गीत  ‘माया गाँठो पर्ला ‘ सार्वजनिक भएको छ । उत्तम जंग लिम्बुको शब्द, संगीत र सन्जीव सुब्बाको एरेन्ज रहेको गीतको भिडियोलाई गायक कमल श्रेष्ठको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । रविन बिस्ट र एन्जिला बानियाको दमदार अभिनय रहेको  भिडियोमा नरेन मोक्तानको छायाँकन प्रदीप बस्नेतको सम्पादन र दिन्सन शाहको कलर ग्रेडिंग रहेको छ ।

‘माया गाँठो पर्ला ‘को भिडियोलाई युवा निर्देशक देवजंग थापाको निर्देशन गरेका हुन्  । नेपाली सांगीतिक छेत्रमा धेरै पहिला देखि लागिरहनु भएको भए पनि बिभिन्न कारणले गर्दा गायक कमल श्रेष्ठको औपचारिक रुपमा भने पहिलो पटक  गीत लिएर दर्शक माझ आउनु भएको हो  । कोरोन कहर बीच पनि मेहनतगरी म्युजिक भिडियो सार्वजनिक गरिएको ले माया गरिदिन सम्पूर्ण दर्शक श्रोता  र मिडिया हाउसलाई आग्रह गरेका छन्  ।