मनोज कार्कीको ‘ यो शासन ’ सार्वजनिक 

  सात सालमा सुरु भएकाे प्रजातन्त्रले लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा राजनीतिलाई जनसरोकारका विषयतर्फ लक्षित गर्ने दिशा अझै समातेकाे छैन । लोकतन्त्रले केही दिशा देखाएजस्तो गरेको छ । सार्वजनिक काल्पनिकीले लोकतान्त्रिक आदर्श अनुग्रहण गरेको छ । तर लोकतान्त्रिक मूल्य–मान्यतालाई नित्य बनाउने हेतुले संघसंस्था र समग्र प्रक्रिया निर्दिष्ट छैनन् ।लोकतन्त्रमा ‘लोक’ हराएको स्थिति छ । 
बिश्व यतिबेला कोरोनाको महामारी प्रकोपमा छ । यसको सामना नेपालले पनि गरिरहेको छ । कोरोनाका कारण नेपालमा पनि कयौं मानिसहरुले अकालमा ज्यान गुमाइरहेका छन भने दिन प्रतिदिन संक्रमितको संख्या पनि उत्तिकै बढिरहेको छ ।  अझ विशेषगरी काम गरेर खाने मजदुर बर्गहरु झनै पिडामा छन । पेट पाल्न पनि धौधौ भइरहेको छ । गरिब मजदुर बर्गहरुलाई बिचरा कसले, बुझिदिने उनिहरुको पिडा । गरिब किसानहरुको अवस्था पनि उस्तै छ । फेरि उता बिदेशमा नेपाली युबाहरुको पनि अबस्था उस्तै छ । यस्तै कथामा आधारित “यो शासन”  बोलको गीत सार्वजनिक भएको छ ।
मनोज कार्कीको शब्द ,संगीत तथा स्वर रहेको नयाँ  गीत ” यो शासन” सार्वजनिक भएको हाे । पर्सान परियारको एरेन्जमा रहेको गीतमा मनोज कार्कीको शब्द,संगीत तथा स्वर रहेको गीत जेसिका इन्टरटेनमेन्ट युट्युब मार्फत बजारमा सार्वजनिक भएको हो ।  उक्त गीतको भिडियोमा उत्सव कार्की,राजिव श्रेष्ठ,नरेन महर्जन,सुमित चौधरीको अभिनय गरेका भने  जनकराज अधिकारीको  छायांकन, नरोत्तम पाण्डेको सम्पादन र मनिस कार्कीको निर्देशन रहेको छ । भिडियोलाई श्री नटराज फिल्मसले निर्णमाण गरेको छ ।
https://youtu.be/caMWYiTK8XA