शक्ति र कविता अभिनित फिल्म ‘एउटा यस्तो प्रेम कहानी’को दोस्रो टिजर रिलिज

अभिनेता शिव श्रेष्ठले प्रस्तुत गरेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’को दोस्रो टिजर रिलिज गरिएको छ । यहि फिल्मबाट शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र करिश्मा मानन्धरको छोरी कविता मानन्धरले फिल्म क्षेत्रमा डेब्यू गर्दैछन् । हिजो रिलिज गरिएको दोश्रो टिजरमा माया र संवेदनालाई सम्बोधन गर्ने दृश्य समेटिएका छन् ।

अभिनेता शिब श्रेष्ठले नेपाली फिल्मका अलवा पाकिस्तानी, बङ्लादेशी र थाइ फिल्ममा अभिनय गरेका छन् । उनले फिल्म मार्फत नेपाली र सम्बन्धित देशको कला संस्कृतिको उत्थानमा योगदान दिएका छन् ।  तीन बर्ष अघि उपराष्ट्रपति नन्दकिशोर पुनको उपस्थितिमा फिल्मको शुभ मुहुर्त गरिएको थियो । यो फिल्मको फिल्मको २०७५ जेठ १ गते एक्सन टिजर रिलिज गरिएको थियो । लागनी ठुलो भएका कारण फिल्मको छायाँङ्कन ढिलो सकिएको निर्माणपक्षले बताएको छ ।