कोरोना महामारीकाबीच नै सुरु भयो ‘ए मेरो हजुर ४’को छायांकन

सुटिङ चलिरहेका बेला कोरोना महामारी हुन नदिन सरकारले ७ महिना अघि अर्थात चैत ११ गते देशभर लकडाउन गर्यो । यसको असर फिल्म छायाँङ्कनमा पनि पर्यो । ७ महिनादेखि छायाँङ्कन रोकिएको फिल्म ‘ए मेरो हजुर ४’ले छायांकन सुरु गरेको छ ।

हिजो शनिबार घटस्थापनादेखि फिल्मको छायाँङ्कन सुरु गरेको हो । हिजैबाट अर्को फिल्म ‘आई एम ट्वान्टी वान’को पनि छायांकन सुरु गरेको छ । फिल्मको छायाँङ्कन केहि गरेर दसैँ मनाउने र फेरि पुर्णिमा पछि थालिने निर्माता सुनिलको भनाई छ । यस फिल्मले लकडाउन अगाडी नै करिब ५० प्रतिशत छायाँङ्कन सकिएको जनाएको छ ।

निर्माणपक्षले तिहारसम्म फिल्मको सम्पूर्ण दृश्यको छायांकन सक्ने लक्ष्य लिएको छ भने केहि समय लगाएर गीतको छायांकन हुनेछ । फिल्मलाई झरना थापाले निर्देशन गरिरहेकी छन् भने अनमोल केसी, सुहाना थापा र सलोन बस्नेत लगायतले अभिनय गरिरहेका छन् । फिल्मको प्रदर्शन मिती भने तोकिएको छैन ।