बेनिशालाई पनि छैन फिल्मको अभाव


अभाव छ त कसलाई । कसले पाएको छैन काम । के हुन आटेको छ फिल्म क्षेत्रमा । फिल्म कती बन्दैछन् अब । कलाकारको बोली सुन्ने हो भने फिल्म त बनेको बनै हुन्छ अब । कोरोनाले केही रोकिनेवाला छैन । किन छेक्छ कोरोनाले । लगानी गर्ने मानिस कती छन् । कलाकारको बोली सुन्दा आधा दर्जन फिल्म अफर नआएको कसलाई छ । सबैलाई आएको छ अफर ।

घर फिल्म चलेपछि अभिनेत्री बेनिशा हमालले काम गरेकी छैनन् फिल्ममा । उनी भाँडाकुटी फिल्ममा काम गर्न तयार छिन् । फागुणबाट फिल्मको छायांकन । बेनिशाको नामले फिल्म चलेको छैन नेपालमा । यसरी भनौ, उनी चल्दिनन् फिल्म जे जस्तो चलेपनि ।

तर, वेनिशालाई पनि आधा दर्जन अफर आयो फिल्मको लकडाउनमा । उनले कथा पढिरहेकी थिइन् । भाँडाकुटी अफर आएपछि गर्न कस्सिइन् । नेपालमा कलाकारलाई कामको कुनै अभाव छैन । बोलीमा हो कि साच्चै । पत्याइदिने हो त हामीले ।