सैफले फिर्ता लिए ८ सय करोडको महल

बलिउड अभिनेता सैफ अली खानले बस्दै आएको आलिसान पटौदी प्यालेसको फिर्ता लिएका छन् । उनको पिताको निधन भएपछि यो प्यालेसलाई भाडामा दिइएको थियो । झाडामा दिएको प्यालेस सैफले पैसा तिरेर पटौदी प्यालेस आफ्नो नाम गरेका थिए । अहिले आठ सय करोडको त्यो प्यालेस फिर्ता लिएका छन् ।

उनले एक अन्तर्वार्तामा भनेका छन्, ‘जब पिताको निधन भयो तब पटौदी प्यालेस, नीमराना होटललाई भाडामा दिइएको थियो । अमन र फ्रान्सिस होटल चलाउँथे । फ्रान्सिसको निधन भएपछि मैले पटौदी प्यालेस फिर्ता लिएँ ।’ उनले यही प्यालेसमा सैफ र करीनाले विवाहको ८औं वर्षगाँठ सेलिब्रेट गरेका थिए ।

१० एकडमा फैलिएको यो प्यालेसमा सात ड्रेसिङ रूम, सात बेडरूम, सात बिलियर्ड रूम, डाइनिङ रूम र ड्रइङ रूमसहित १ सय ५० वटा कोठा छन् । यो प्यालेसमा ‘मंगल पान्डे, वीर जारा, मेरे ब्रदर की दुल्हन’ फिल्म छायांकन गरिएको थियो ।