साराले ‘कुल्ली नम्बर १’को प्रचार नगर्ने

- मेराेफिल्म

अभिनेत्री साराअली खान र अभिनेता वरुण धवनको मुख्य भूमिका रहेको फिल्म ‘कुल्ली नम्बर १’ डिजिटल प्लेटफर्ममा रिलिज गर्ने भएको छ । आगमी क्रिसमसको अवसर पारेर फिल्म रिलिज गर्ने तयारीमा रहेको छ । यस फिल्मको लागि अभिनेत्री साराअली खानले प्रचारमा सहभागी नुहने बताएकी छन् ।

ड्रग्सको मुद्दाका कारण आलोचित बनेकी साराले फिल्म प्रचारमा नहिड्ने बताएकी छन् । ड्रग्सका कारण विवादमा परेपछि झन् विवाद चर्किने डरले साराले यो निर्णय लिनुको कारण रहेको भारतिय मिडियाले जनाएका छन् ।  उनलाई फिल्म प्रचारका क्रममा नेपोटिज्म र ड्रग्सको मुद्दा उठाउने डरले सारा तर्किएकी हुन् । अभिनेता वरुण धवनले पनि निकै कम मिडियासँग मात्र चलचित्रको बिषयमा अन्तरक्रिया गर्ने तयारीमा रहेका छन् ।

 

२०७७ कार्तिक २ गते १८:३१ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *