हेमा मालिनीको गुनासो ,‘ धर्मेन्दसँग लामो समय बिताउनै पाइनँ ’

- मेराेफिल्म

बलिउडकी ड्रिम गर्लका नामले परिचित हेमा मालिनीले आफ्नो ७२ औं जन्मदिनका अवसरमा नयाँ कुराको खुलासा गरेकी छन् । उनले धर्मेन्द्रसँग धेरै समय बिताउन नपाएको कुरा बाहिर ल्याएकी हुन् । दर्शकले हेमा मालिनीको जोडी निकैले मन पराउँथे । दर्शकले मन पराएका कारण नै उनीहरु विवाह बन्धनमा बाँधिए । तर पनि अनेक कामका कारण आफु धर्मेन्द्रसँग समय बिताउन नपाएको कुरा बाहिर ल्याएकी छन् ।
हालै एक अन्र्तवार्ताको क्रममा हेमाले धर्मेन्द्रसँग विवाह पछि धेरै समय बिताउन नपाएको बताएकी छिन् । हेमाले धर्मेन्द्रसँग विवाह गरेपछि धेरै समय आफुलाई नदिएको भनेकी छन् । ‘धर्मेन्द्रजीसँग धेरै समय बिताउन नपाएको, तर जुन समय सँगै बितायौ त्यो धेरै थियो । छोटो समयमा धेरै गर्यौ ’ हेमाले पत्रकार मार्फत भनेकी छन् ।


हेमा मालिनी र धर्मेन्द्रको विवाह भएको चार दशक भन्दा बढि भइसकेको छ । फिल्म ‘आसमान महल’को प्रिमियरमा भेट भएको थियो । त्यसपछि विस्तारै उनीहरु एक अर्कालाई मन पराउन थालेका थिए । त्स पछि फिल्म ‘शोले’को सुटिङमा उनीहरुको भेट भएको थियो । विस्तारै माया प्रेमले हाँगा हालेपछि धमेन्द्रलेदोस्रो पत्नीका रुपमा हेमालाई विवाह गरेका थिए । धमेन्द्रको हेमातीर २ छोरीहरु रहेका छन् । जसको रेखदेख धर्मेन्द्रले गर्दै आएका थिए ।

२०७७ कार्तिक ३ गते १६:०० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *