हिरो बन्दैछन् त , ‘छ माया छपक्कै’ को सिक्वेलमा दीपकराज ?

फिल्मको नयाँ नाम जुराउने भन्दा पनि पुरानै चलेका फिल्मको सिक्वेल निर्माणमा निर्माताहरुले जोड दिइरहेका छन् । गत वर्ष प्रदर्शनमा आएको सुपर हिट फिल्म ‘छ माया छपक्कै’ को पनि सिक्वेल बन्ने भएको छ । हिजो सामाजिक सञ्जाल मार्फत यसका निर्माता रोहित अधिकारीले जानकारी दिएका छन् ।

जसका लागि अहिले ‘छ माया छपक्कै ’को टिम सिक्वेलको तयारीमा लागेको पनि निर्माता अधिकारीले जानकारी दिए । उनले हाल तयारीमा मात्रै लागेको र तत्काल छायाँङ्कनमा नजाने बताएका छन् । फिल्म कमेडी कथा बस्तुमा नै तयार हुने छ । फिल्म ‘छ माया छपक्कै’ भन्दा अलिकति फरक हुने पनि निर्माणपक्षको भनाई छ । फिल्मलाई ‘छ माया छपक्कै ’ का निर्देशक दीपेन्द्र लामाले नै निर्देशन गर्नेछन् ।

यस फिल्मका लागि केहि कलाकार परिवर्तन हुनसक्ने कुरा बाहिर आएको छ । फिल्ममा कलाकार दीपकराज गिरी नै हिरोका रुपमा आउने भनिएको छ । जसका लागि अहिले यो टिम छलफल मै रहेको छ । यस फिल्मबाट दीपक–दीपाको टिमले मुनाफाको ५० प्रतिशत लिने सहमती छ ।