रिजर्भ बसेका अनमोल र प्रदिपको चुनौती


अभिनेता अनमोल केसी र प्रदिप खड्काको फिल्म रिलिज हुँदा २ बर्ष बढी समय हुने भयो । ए मेरो हजुर ३ पछि अनमोलको फिल्म रिलिज भएन । प्रदिपको लभ स्टेशनपछि भएन । यसले दुबै कलाकार फिल्ममा देखिन समय लगाए ।

लकडाउन भएपछि खुलेको समयमा म्यूजिक भिडियो बनेका छन् धेरै । भिडियो नखेल्ने अनमोल र प्रदिप देखिए । अभिनेत्रीमा साम्राज्ञी राज्यलक्ष्मी शाहले पनि खेलिनन् । सलिनमान बनियाँ गायब रहे ।

रिजर्भ बस्ने कुरामा अनमोल र प्रदिपलाई सकेन कसैले । फिल्ममा स्टार हुन् उनीहरु । स्टारकै रुपमा देखिए । अरुलाई पैसाको मोह भयो । अनमोल र प्रदिपले एड खेले पैसा पनि खेले स्टारडम पनि बचाए । अरुको स्वाहा भयो ।

अनमोलको ए मेरो हजुर ४, प्रदिपको प्रेमगीत ३ रिलिज हुनेछन् कोरोनापछि । सरकारले हल खोल्न अनुमती दिएमा रिलिज हुने तयारीमा रहेका फिल्म हुन् यी दुई ।

रिजर्भ बसेका दुई जनाको फिल्म चल्नपर्छ । फिल्म चलेमा दुइले रिजर्भ बसेर स्टारडम जोगाएको पुष्टी हुन्छ । तर, सस्तो भने भएनन् यी दुई । यसलाई भने तारिफ गर्ने कि ।