वर्षाको रहर


यसलाई अभिनेत्री वर्षा सिवाकोटीको रहर मान्ने त होला नी । उनलाई रहर पनि के के को लाग्छ लाग्छ नी । वर्षा सिवाकोटी मख्ख पनि होलिन् । फिल्म क्षेत्रमा साथी कम बनाउने र आफ्नो दुनियाँमा रमाउने बानी छ उनको ।

वर्षाले परिवारसँग समय बिताउन मन लागेर रिसोर्टमा गइन् । रिसोर्टमा गएर समय पनि बिताइन् । लकडाउनका कारण घरमा बस्दा वाक्क पनि भइन्छ नी । कि काम गर, कि घरमै बस । भइदैन त दिक्क । रिसोर्टमा पुगेर वर्षाले खिचाइन् फोटो । सामान्य छैन नी फोटो । वर्षाले विकिनीमा फोटो खिचाइन् ।

वर्षाले खिचाएको फोटो हेर्नुभएको छ कि नाई । स्विमसुटमा उनी खतरा भइन् । वर्षाले स्विमसुटमा फोटो खिचाएकी थिइन् पहिले माघतिर । अहिले फेरि ।

गर्मी सकिएको भन्दै उनले सामाजिक मिडियामा गर्मी नै बढाइन् । वर्षालाई पनि के के लाग्ने हो रहर ?