हेमन्त कान्छाले गाए दाजु बैनीको बिछोडको गीत

गायक हेमन्त कान्छा रसाइलीको सुमधुर आवाजमा ‘बहिनी’ बोलको गीत लिएर स्रोतामाझ आएका छन् । सार्वजनिक भएको गीतमा सतिश अधिकारीले लेखेको गीतको शब्दलाई गायक हेमन्तले नै सङ्गीत भरेका छन् । गीतमा दाजु बैनीको बिछोडको पिडा समेटिएको छ ।

दाजुबैनीको बिछोडमा हुँदाको भाव गीतले दर्शाउन खोजेको छ भने ,भिडियो पनि अत्यन्त मिठो बनाइएको छ । भिडियोमा जीवी चिरन, सुजल बम, समीक्षा पोखरेल, निना बुढाथोकीले अभिनय गरेका छन् । आइतबार युट्युबमा सार्वजनिक गरिएको म्युजिक भिडियो प्रकाश खड्काले खिचेका हुन् भने दिन्सन शाहले सम्पादन गरेका हुन् । गीत तथा भिडियो निकै मार्मिक रहेको छ ।