म्याग्दीको लोकभाका ‘मयाँले’ लोकार्पण

नेपालीको महान चाड दसैँतिहारको अवसरमा नयाँ गीत ‘मयाँले’ सार्वजनिक भएको छ । सार्वजनिक भएको गीतमा म्याग्दी जिल्लाको विभिन्न भू–भागहरूमा युगौँदेखि गाइँदै आएका लोक भाका तथा शब्दहरूलाई समेटिएको छ ।

गीतलाई शब्द र संगीत संकलन प्रकाश दुतराजले गरेका छन् भने सम्भोज मल्ल, धुर्व जिसि, प्रकाश दुतराज, विष्णु रीजाल, शान्ता वर्देवा र बसन्ती थापाले गीतलाई गाएका छन् । यस गीतलाई अर्जुन थापाले मिठो एरेन्ज गरेका छन् । गीतको म्युजिक भिडियोलाई म्याग्दीकै सेरोफेरोमा खिँचिएको छ ।

त्यहाँका आकर्षक दृश्यहरुलाई भिडियोमा देखाइएको छ । गीतको भिडियोमा सुनिल बानियाँ, विविदजंग थापा, जीवन कार्की, नविन बानियाँ, निर्देश चोखल लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । गीतको भिडियोलाई भने भुपेन बाँनियाले गरेका हुन् ।