फिल्म ‘रेड वाइन’ मा खुलाइयो पल र साम्राज्ञीको भुमिका

निर्माता रमेश एमके पौडेलले निर्देशन गर्न लागेको फिल्म ‘रेड वाइन’ मा अभिनेता पल शाह र अभिनेत्री साम्राज्ञी आरएल शाहको भुमिका छुट्याइएको छ । उनीहरु यस फिल्ममा श्रीमान श्रीमतीको भुमिकामा देखिने भएका छन् । यसै फिल्मबाट पल र साम्राज्ञी पहिलो पटक स्क्रिन शेयर गर्न गर्न लागेका हुन् ।


यस फिल्ममा पल र साम्राज्ञीका अलावा सन्दिप क्षेत्री र अमेरिकामा नै बसोबास गर्दै आएकी इमिली लामाको पनि अभिनय रहनेछ । फिल्मको पटकथा तथा संवाद सविर श्रेष्ठले लेखिसकेका छन् । निर्देशक रमेश एमके पौडेलले फिल्म ‘राज्जा रानी र रुद्रप्रिया’ को निर्माण गरिसकेका छन् । पहिलो पटक आफै रमेश एमके फिल्म ‘रेड वाइन’बाट निर्देशकमा हात हाल्दैछन् ।

फिल्मको धेरै जसो छायाँङ्कन अमेरिकामा हुनेछ । आर्यन फिल्मस् प्रोडक्शन र वोधी एचडी अमेरिकाको ब्यानरमा निर्माण हुदैँछ । अमेरिकामा सुटिङ गरिने भएकाले कलाकारको भिषाका लागि अहिले प्रोसेस भइरहेको निर्मााण् पक्षले जानकारी दिएको छ । फिल्मको कथावस्तुमा अमेरिकामा संघर्ष गरिरहेको एक टिनएज विवाहित जोडीको कथामा आधारित हुनेछ । फिल्ममा पल र साम्राज्ञी फिल्ममा श्रीमान – श्रीमतीको रुपमा दर्शकले पर्दामा देख्नेछन् । अहिले यस फिल्मको लागि एउटा गीत मुम्बईमा रेकर्ड गर्ने तयारी भइरहेको छ । त्यस्तै, फिल्ममा पासाङ लामा र आर्यन पौडेलको लगानी रहने छ ।