साहरुख र काजोलको प्रतिमा लण्डनमा राखिने

एक समय खुव जमेको जोडि थियो साहरुख खान र काजोलको । उनीहरुको फिल्म हेरेपछि धेरैले श्रीमानश्रीमती हुन् की भन्ने अनुमान लगाउने गर्थे । यि जोडी अभिनित फिल्म ‘दिलवाले दुल्हनिया ले जाएंगे’ रिलिज भएको २५ बर्ष भएको छ ।

साहरुख खान र काजोलको फिल्मले भारतमा धेरै समय चलेको फिल्म थियो । जसले फिल्महलमा लामो समय चलेको रेकर्ड राख्यो । फिल्म रिलिज भएको २५ बर्ष पुगेको अवसरमा बेलायतको राजधानी लण्डनको लिसेस्टर स्क्वायरमा फिल्मका अभिनेता साहरुख खान र अभिनेत्री काजोलको काँसको मुर्ती राखिने भएको छ । उनीहरुको यो मुर्तिको अर्को साल अनावरण गरिने भारतिय मिडियाले जनाएको छ ।