सरकारप्रति लक्षित गर्दै निश्चल लेख्छन्, ‘राम्रो रोज्ने मौका त हामीले गुमायौं ’

नेपाल सरकारले कोरोना संक्रमितले आफै उपचार खर्च ब्यहोर्नुपर्ने भनिएसँगै चौतफी विरोध भइरहेको छ । कलाकारहरुले पनि यसको चर्को बिरोध गरिरहेका छन् । सरकारले जनातालाई गन्न छोडेको भन्दै उनैका कार्यकर्ताले आवाज उठाइरहेको बेला निर्देशक तथा कलाकार निश्चल बस्नेतले सरकारले साधारण जनतालाई मान्छे गन्न छोडेको बताएका छन् । उनले सरकारले हालै गरेको निर्णयले सरकारले जनता गन्दैन भन्ने पुष्टी भएको उल्लेख गरेका छन् ।

कलाकार निश्चल लेख्छन् ,‘आफ्नो उपचार गर्न राज्यकोषबाट जति खर्च गरेपनि हुने । जनताको उपचार आफै गर भन्न सक्ने गैरजिम्मेवार सरकारले साधारण जनतालाई मान्छे गन्दैन भनेर फेरि छर्लङ्ग भयो । महामारीमा पनि जनताको सेवक हुन नसक्ने सरकारले आफ्नो पतनको बाटो आफै रोजिसकेछ । राम्रो रोज्ने मौका त हामीले गुमायौं, अब ढिला नगरी कुहिएकालाई चै फ्याल्नुपर्ने देखियो ।’ उनको भनाईमा केहि फिल्मीकर्मीले पनि सहमती जनाएका छन् ।