रामकृष्ण ढकालको ‘अधर’मा विष्णु र रोश्नाको रोमान्स

लोकप्रिय गायक रामकृष्ण ढकालको नयाँ गीत अधर सार्वजनिक गरिएको छ । बेलायतका लागि नेपाली राजदुत डा दुर्गाबहादुर सुवेदी (दुबसु) को नयाँ गीतमा शिखर शन्तोषले संगीत भरेका  छन् ।


बेलायतमा बसेर पत्रकारितासँगै निर्देशनमा पनि अब्बल देखिएका निर्देशक कुशल श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोमा प्रायः बलिउड, हलिउड चलचित्रमा देखिने लण्डनका दृश्यहरु ट्राफलगर स्क्वायर, अक्सफोर्ड स्ट्रिट, ओटु एरिना लगायतका स्थानहरु यस भिडियोमा देख्न सकिन्छ ।

डा दुबसु क्षेत्री नेश्नल डेभेलपमेन्ट फाउण्डेसनको प्रस्तुतिमा लण्डनस्थित केके मुभिजसंगको सहकार्यमा म्यूजिक भिडियो तयार भएको हो । निर्देशक श्रेष्ठकै छायांकन र सम्पादन रहेको भिडियोमा विष्णु खरेल र रोश्ना कार्कीको अभिनय रहेको छ ।