अञ्जु पन्तको ‘धेरै माया नदेउ’ उनकै छोरीको अभिनय

गायिका अञ्जु पन्तले संगीत तथा स्वरबद्ध गरेको गीतमा उनकै छोरी परितोसिका पन्तले अभिनय गरेकी छन् । पहिलो पटक उनी म्युजिक भिडियोमार्फत देखिन लागेकी हुन् । अन्जुको स्वर तथा संगीतमा तयार भएको गीत ‘धेरै माया नदेउ’ म्यूजिक भिडियोमा परितोसिकाले अभिनय गरेकी हुन् ।

निकेश खड्काले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा परितोसिकाका अलवा कुनसाङ बोमजमको अभिनय देख्न सकिन्छ । पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा जमेका निकेशले भिडियोमा कथा खोज्ने र कलरफूल बनाउन कोसिस गरेका छन् । म्यूजिक भिडियोमा अभिनयका लागि परिले दुइ हप्ता अभिनय कोर्ष समेत गरेकी छन् । उनलाई लोकप्रिय कलाकार भोला सापकोटाले २ हप्ताको अभिनय कोर्ष सिकाएका थिए ।

गीतलाई सुरेश वाग्लेले लेखेका हुन् । म्युजिक भिडियोलाई धिरजजंग शाहले खिचेका छन् । गायिका अन्जु पन्तको छोरीलाई पनि म्युजिक या मोडलिङमा लगाउने चाह राख्दै आएकी थिइन् । उनले लकडाउनको समयमा गीतार सिक्ने देखि लिएर यस गीतलाई कम्पोज गर्दै आएकी थिइन् ।