मेनुका र जीवन अभिनित ‘महानगर’ कोलकाता फेस्टिभलमा

नेपाली फिल्मले बिदेशमा पनि राम्रै स्थान पाउन थालेका हुन्छन् । नेपाली फिल्म ‘महानगर’ २६ औं कोलकाता फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर हुने भएको छ । मोहन राईको लेखक तथा निर्देशनमा बनेको फिल्म ‘महानगर’ फिल्म ’दि नेटवर्क फर दि प्रमोसन अफ एसियन सिनेमा’ (नेटप्याक) अवार्डका लागि प्रतिस्पर्धामा छानिएको हो ।

फिल्म ‘महानगर’मा कर्मा, मेनुका प्रधान, जीवन बराललगायत कलाकारहरूको अभिनय रहेको छ । फिल्म आउँदो नोभेम्बर ५ तारिखदेखि १२ तारिखसम्म हुने कोलकाता फिल्म फेस्टिभल भर्चुअल्ली हुँदैछ । जसका लागि अहिले तयारी भइरहेको निर्माणपक्षले जानकारी दिएको छ ।