केकी र गौरव फिचर्ड ‘जहाँ छोड्यौ तिम्ले’ सार्वजनिक

केकी अधिकारी र गौरव पहाडी फिचर्ड ‘जहाँ छोड्यौ तिम्ले’ सार्वजनिक भएको छ   । सार्वजनिक गीतमा स्वर स्वरूपराज आचार्यको सुन्न सकिन्छ भने शब्द एस एस गणेश र संगीत दवान किनारको रहेको छ । गीतलाई संगीत संयोजन समेत संगीतकार किनारले नै गरेका हुन्।
भिडियोमा केकी र गौरवको उत्कृष्ट अभिनय देख्न सकिन्छ । पशुपती म्युजिकले बजारमा ल्याएको भिडियोलाई निसान घिमिरे कस्यपले निर्देशन गरेका हुन् । उत्सब दाहालले छायांकन गरेका भिडीयोमा ज्वतीको मेकअप र सम्पादन निर्दशक कस्यपकै देख्न सकिन्छ  ।