टिकटकमा फेक एकान्टले हैरान स्वस्तिमा


टिकटकमा कलाकार आउने कि नआउने । टिकटकमा कलाकारको अभिनय हेर्न कि हलमा गएर हेर्ने । स्टार बनेका कलाकार टिकटकमा आएर किन सस्तिने हो ।

कलाकारहरुलाई टिकटकको नशा छ । दर्शकले कलाकारलाई आफू झै पाएका छन् । नेपाली फिल्मका कलाकार भन्दा धेरै फलोअर्स बनेका टिकटक प्रयोग गर्ने कती छन् कती । कलाकारको महत्व खै । वुझ्न कसले हो । सस्तो हुन थालेपछि कसले रोक्ने ।

अभिनेत्री स्वस्तिमा खड्काको नाममा पनि टिकटकमा एकाउन्ट छन् । उनको भिडियो बनेका छन् । स्वस्तिमा पनि टिकटकमा, ओहो भन्ने पनि होलान् नी त ।

स्वस्तिमाले भने टिकटकमा आफ्नो एकाउन्ट छैन भनेर भन्नु परेको छ । उनले दिएको स्पष्टिकरणमा यही छ । अहिलेसम्म मैले टिकटक एकाउन्ट बनाएकी छैन भनेर उनले लेख्नु परेको छ ।

स्वस्तिमा टिकटकमा आउलिन् कि नआउलिन् कुन्नी । तर, कलाकारको क्रेज हलमा छ, टिकटकमा होइन ।