‘टिकटक स्टार’ को खोजी , उत्कृष्टलाई फिल्ममा चान्स

पछिल्लो समय सामाजिक संजाल टिक टक लोकप्रिय बन्दै गइ रहेको छ। टिकटकको लोक प्रियतालाई ध्यान दिंदै एच.पी ईन्टरटेन्मेटको आयोजनामा ‘टिकटक स्टार’ अनलाईन प्रतिस्पर्धा आयोजना हुने भएको छ । घरमानै बसीबसी देशको विभिन्न स्थानमा रहेका नव प्रतिभालाई अनलाइनबाट प्रतिस्पर्धा गराई विजेतालाई चलचित्रमा काम गर्ने अवसर सहित कार्यक्रम गर्न लागीएको आयोजक संस्थाले बताएको छ ।
प्रतिभा भएका तर अवसरवाट बन्चित प्रतिभाका लागी आफ्नो क्षमता प्रदर्शन गर्ने स्थान ‘टिकटक स्टार’ बन्ने आयोजक संस्थाका प्रमुख प्रकाश पाठकले बताए । उनका अनुसार कोरोना भाइरस (कोभिड-१९) ले विश्वभर पुर्याएको क्षति र लामो समय सम्मको बन्दाबन्दी पछि पनि जनजिवन कहिले सामान्यरुपमा आउँछ भन्ने कुनै अनुमान लगाउन सकिने वातावरण नरहेको र नेपाली चलचित्र क्षेत्रका कामहरू पनि तत्काल सुरु गर्न सक्ने अवस्था नरहेकोले यो असामान्य अवस्थाको समयलाई मध्यनजर गर्दै अनलाईनको माध्यमबाट कार्यक्रम आयोजना गरिएको हो ।

अनलाईनबाट नै प्रतियोगीतामा भाग लिन सकिने र विजेताहरुले चलचित्रका काम गर्ने अवसरका साथै कार,स्कुटर लगायतका अन्य थुप्रै आर्कषक उपहारहरु प्राप्त गर्ने आयोजकले जनाएको छ । कार्यक्रममा भाग लिन चाहने सहभागीले एच.पी ईन्टरटेन्मेटको अनलाईन पोर्टल www.ppfilmy.com गएर दिएको निर्देशन अनुसार फर्म भरी भिडियो पठाउनु पर्नेछ ।

साथै केहि समय अगाडी उक्त संस्थाले नेपाली चलचित्र क्षेत्रमा केही नयाँ गर्न र नयाँ प्रतिभालाई फिल्म क्षेत्रमा आउन मौका दिनका लागि ‘स्क्रिप्ट राइटिङ कम्पिटिसन’ सम्पन्न गराएको थियो । ह्याप्पी पाठक इन्टरटेन्टमेन्टले निर्माण गरेको चलचित्र ‘नेपाल आमा’ को छायाँकन सकाएको छ चलचित्रको हाल पोस्ट प्रोडक्सनको काम भई रहेको निर्माण कम्पनीले जानकारी दिएको छ।