अक्षय फिल्म’लक्ष्मी बम’ पर्यो विवादमा, निर्मातालाई कार्वाही गर्न हिन्दु सेनाको माग

बलिउड अभिनेता अक्षय कुमारको फिल्म ’लक्ष्मी बम’ विवादमा परेको छ । फिल्मको ट्रेलर सार्वजनिक गरेसँगै विवादमा परेको हो । फिल्मको नाम र कथामा विभिन्न व्यक्ति तथा संगठनहरुले आपत्ति जनाएका छन् ।

हिन्दु सेना नामक एक संगठनले सूचना एवं प्रसारण मन्त्री प्रकाश जावडेकरलाई पत्र लेखेर उजुरी गरेको छ। उनीहरुले फिल्मको नाम परिवर्तन गर्न चेतावनी समेत माग गरेको छ। हिन्दु धर्मलाई अवहेलना गरेको भन्दै हिन्दु सेनाले फिल्म निर्मातालाई कारवाही गर्न अनुरोध गरेको छ । हिन्दु सेनाले एक विज्ञप्ती जारी गर्दै फिल्मको टाइटल ’लक्ष्मी बम’ले हिन्दुको भावनामा ठेस पु¥याएको बताएको छ ।

हिन्दु सेनाका राष्ट्रिय अध्यक्ष विष्णु गुप्ताले पत्रमा भनेका छन्, ’यदि हाम्रो माग पूरा गरिएन भने हिन्दु सैनिकले फिल्मको विरोध गर्नेछन्। प्रदर्शन अगाडि फिल्मको नाम परिवर्तन नगरिए म सबै हिन्दु धर्मसँग जोडिएका व्यक्तिहरुसँग यो फिल्म बाइकटको अपील गर्नेछु।’ यस फिल्मको विरोधमा यसअघि हिन्दु जनजागृति समिति र अखिल भारतीय हिन्दु महासभाले फिल्ममा लभ जिहादलाई बढावा दिएको आरोप लगाई सकेका छन् ।