भरत शाहको अभिनयमा ‘तिम्रो दिलमा छ मेरो नाम’

भोजपुरी फिल्म क्षेत्रका स्थापित निर्माता भरत साहले नेपाली र मैथली भाषाको गीत एउटै म्युजिक भिडियोमा प्रस्तुत गरेका छन् । शब्द सरोज मण्डल, सरोज सन्त र निकिता थारुको स्वर रहेको गीतमा संगीत राजिव शाहले भरेका छन् । यस्ता खाले भिडियो कमै बन्ने गरेको भएपनि दर्शक रुचिको हुने गरेको निर्माता तथा मोडल भरत साहले भने ।
साहलाई तुलसा साहले अभिनयमा साथ दिएकी छन् । ‘तिम्रो दिलमा छ मेरो नाम….’ बोलको गीतको भिडियो निर्माता, निर्देशक भरत साहको आफ्नै च्यानल मार्फ सार्वजनिक गरेका छन् । निकट भविष्यमै मैथली फिल्म निर्माण गर्ने तयारीमा रहेका साहले आफ्नै श्रीमतीलाई ‘तिम्रो दिलमा छ मेरो नाम….’ को भिडियोमा अभिनय गराएका छन् ।