शिल्पा र बिकासको अभिनयमा  ‘आँशु झार्दा’

शिल्पा पोखरेल र बिकास लामिछानेको अभिनयमा  ‘आँशु झार्दा’बोलको म्युजिक भिडियो रिलिज भएको छ । गायक तथा संगीतकार हरी लम्सालको स्वर र संगीत, श्री सेवाको शब्द रहेको गीत संगीतकार लम्सालले एरेन्ज गरेका हुन ।


भिडियोलाई शिशिर श्रेष्ठले निर्देशन गरेका हुन भने ज्ञानेन्द्र शर्मा हुमागाईको छाँयाकन तथा अमृत चापागाईको सम्पादन रहेको छ । भिडियोलाई शिवा ग्रुपकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनी गरिएको छ ।