रुकुममा जिल्ला स्तरिय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

रुकुम (पश्चिम) सानीभेरी गाउँपालिका स्थित सिम्लीमा सोहि गाउँपालिका ११ का समाजसेवी ऋषिराम खड्काको मुख्य प्रायोजन र स्थानीय ब्यापारीहरुको सहयोगमा गत असोज ५ गतेदेखि संचालित जिल्ला स्तरिय पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता आज भव्यताका साथ सम्पन्न भएको छ । प्रतियोगितामा आयोजक टिम हेमन्त रोकाय र कविन्द्र पुनको जोडीले पहिलो स्थान हाँसिल गर्यो भने अर्को आयोजक टिम भागिराम भण्डारी र भिमसेन केसीको जोडिले दोस्रो स्थान हात पारेको हो ।

                                           प्रमाणपत्र ग्रहण गर्दै बिजेता द्वय कविन्द्र पुन र हेमन्त रोकायको जोडी

नकआउट सिस्टममा खेलाइएको खेलमा जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष अनिल बुढामगर र उपाध्यक्ष ध्रुवविक्रम थापाको जोडी र लोकेन्द्र केसी र लोकेन्द्र बुढामगरको जोडी दुई टिम सान्त्वना भएका छन् । प्रतियोगिताको समापनमा प्रमुख अतिथि समाजसेवी ऋषिराम खड्काले खेलाडीहरु पहिलो हुने जोडिलाई २० हजार नगद, दोस्रोलाई १५ हजार र सान्त्वना हुने दुई जोडीलाई ५/५ हजार नगद र प्रमाणपत्र वितरण गर्नु भएको थियो ।

बिजया दशैँको पावन अवसरमा सानीभेरी समाज विकास केन्द्रद्वारा संचालित प्रतियोगितामा जिल्लाका मुसीकोट, सानीभेरी, बाँफिकोट, चौरजहारी र आठबीसकोटका १९ जोडिले प्रतिस्पर्धा गरेका थिए । यस्तो महामारीको बेलामा पनि खेल सामाजिक दुरी कायम गर्दै सुरक्षा सतर्कता अपनाएर निकै व्यवस्थित र उत्कृष्ट तरिकाले सम्पन्न गरेको सानीभेरी विकास केन्द्रका अध्यक्ष चन्द्र प्रकाश ओलीले बताउनु भयो । पछिल्लो समय जिल्लाभर ब्याडमिन्टनप्रतिको आकर्षण बढ्दो छ ।