दसैँ तिहारलाई लक्षित गर्दै ‘ए आमा’ बोलको गीत सार्वजनिक

नवोदित गायक कृष्ण कार्कीले अर्का गायक पवन भाटसँगको सहकार्यमा दसैँ तिहारलाई लक्षित गर्दै ‘ए आमा’ बोलको गीत सार्वजनिक गरेका छन् । दसैँ र तिहारको मर्म बोकेको गीतमा दसैं र तिहारमा टाढा रहदाको पिडालाई व्यक्त गरिएको छ । नेपालीहरुको महानपर्वको रुपमा हेरिने दसैँ र तिहारलाई हर्सोलासका साथ मनाइन्छ ।

यद्दपी आफ्नो घरपरिवारबाट टाढा रहनेले यस चाडपर्वमा महसुस गर्ने पिडालाई गीतमा दर्शाईएको छ । गीतमा शब्द हिराछवी श्रीषाको रहेको छ भने यसमा दर्पण यात्रीको संगीत रहेको छ । गीतमा विमला गिरी , दर्पण यात्री , दिया यात्री , सफलता , सुरज पुन र सागर लम्सालको अभिनय रहेको छ । भिडियोलाई सुजन श्रेष्ठले छायांकन गरेका हुन् भने यसमा दिन्सन शाहको सम्पादन रहेको छ ।

भिडियोलाई गीतकार श्रीषाले नै निर्देशन गरेका हुन् । दसैँ र तिहार आफ्नो परिवार भन्दा पर रहनेको कथा गीत मार्फत व्यक्त गर्ने प्रयास गरेको गायक कृष्णले बताए । ‘हामीले यो महानचाडको अर्को पक्षलाई देखाउने प्रयास गरेका छौँ’ उनले भने ,’किनकी आफ्नो परिवारको खुसिको लागि पर रहेर संघर्ष गर्ने धेरै छन् ।’