राजधानीमा नै मनाउने भइयो दसैँ : गायिका बिन्दु परियार

नेपाली सांगितिक क्षेत्रमा छुट्टै पहिचान बनाएकी लोकप्रिय गायिका हुन् बिन्दु परियार । उनको  छक्का पञ्जा फिल्मको ‘पहिलो नम्बरमा ’ ,‘पर्ख पर्ख मायालु’ , ‘म के गरुँ ’ दिलको राजधानी ’ जस्ता लोकप्रिय गीत चर्चामा रहेका छन् । उनले आफ्नो दसैँ को अनुभव मेरो फिल्म डटकम लाई यसरी बताएकी छन् । 

कोरोना महामारीका कारण घरगाउ जान सकिएन । यसपालीको दसैं काठमाडौमा नै मनाउने भैयो । अरु बेला जस्तो थियो भने गाउँमा नै गएर दसैँ मनाउदै गरेको हुने थिए । किनभने बाहिर दसैँ अहिलेसम्म मनाएकी छैन ।

एकपटक काठमााडौमा नै कारणवश बस्नु परेको थियो । त्यो बेला मलाई दसैँ निकै खल्लो लाग्यो । त्यस कारण म कहिलै पनि घर भन्दा बाहिर दसैं मनाउने गरेको थिइन । यो साल कोरोना महामारीका कारण दसैँमा घरमा जान सम्भव नभएपछि काठमाडौमा नै दसैं मनाइरहेको छु । गाउँघरमा जस्तो रमाइलो त काठमाडौमा दसैं नभएता पनि बाध्यता साथ काठमाडौमा बस्नु परेको छ । घरजाँदा पनि गाडीबाटै कोराना सर्ला भन्ने एउटा डर पनि भयो ।

अरु सालको जस्तो हो भने दसैंको बेला गाउँ नै पुगेको हुँथेँ । घरमा पुगेर आमा बुवा तथा मान्यजनसँग टीका थाप्नुको बेग्लै मजा हुन्थ्योँ । सांगितिक कार्यक्रम हुँदा पनि टीकाको दिन कतै पनि कार्यक्रम राख्दिनथेँ । अरु बेला कन्सर्टमा हिडेको हिडै गरेता पनि टीको दिन जसरी पनि घर पुगेकै हुन्थेँ ।  दसैंको समयमा घर नजिकका छेउँछाउमा कार्यक्रम परेको खण्डमा चाही घरमा टीका थापेर कन्सर्टमा हिड्नेको छु । यस्ता अनुभव ममा धेरै नै छन् ।  एक साल घरमा गएर टीका थाप्न नपाएको एक साल थियो । निकै अघिको समय भयो । के कारणले हो काठमाडौबाट घर जान पाइनँ ।  दसैंमा यतै परिवारसँग बसेर दसैँ मनाउने निधो गरेको छु ।

बाल्यकालको दसैं रमाइलो

दसैं त रमाइलो बाल्यकालमा नै हो । स्कुलमा पढ्दा दसैं आउनु २ महिना अगाडी देखि दिन गन्न थाल्थौँ । अव दसैं आउन यतिदिन समय छ भन्दै हातका औला भाँच्न थालिन्थ्यो । दसैँ आउन लागेपछि साथीहरुसँग कस्तो नयाँ लुगा किन्ने , कुन कलरको किन्ने भनेर गफ चल्थ्यो । मामाघर गएर टीका थापेर दक्षिणा लिने कुरामा पनि रमाइलो नै लाग्यो तर लुगा किन्ने , खाने कुरामा जस्तो सौखिन म थिइँन । अहिले ति बालापन सम्झेँर पुराना कुराहरु सम्झन्छु ।