‘ए मेरो हजुर ४ ’ को दसैँको शुभकामना सहित फस्ट लुक्स आउट

झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ४’को फस्ट लुक्स सार्वजनिक भएको छ । दसैँको अवसर पारेर निर्माण टिमले फस्ट लुक्स सार्वजनिक गरेको हो । पोस्टरमा अभिनेता अनमोल केसी र सुहाना थापालाई देखाइएको छ । सुहाना र अनमोलकोबीचमा कुकुर पनि राखिएको छ । फिल्मको पहिलो लुक्स सार्वजनिक गर्दै फिल्मका निर्माता सुनिल कुमार थापाले आम दर्शकलाई बिजयादशमीको शुभकामना दिएका छन् ।

गत चैतमा सरकारले कोरोना महामारी रोकथामका लागि भन्दै देशभर लकडाउन लगाएपछि फिल्मको छायाँङ्कन रोकिएको थियो । पोखरा आसपासमा सुटिङ भइरहेको बेला लकडाउनले गर्दा सुटिङ रोकेर ए मेरो हजुर टिम राजधानी फर्किएको थियो । करिव ७ महिनापछि सरकारले लकडाउन हटाएसँगै फिल्मको ५० प्रतिशत छायाङ्कन सकाउन ‘ए मेरो हजुर टिम’ लागिपरेको छ । फिल्ममा सुहाना थापा , अनमोल केसीका अलवा सलोन बस्नेत, दुर्गेश थापाको मुख्य भुमिकामा रहेको छ ।