घिमिरेको चेतना मुलक भिडियोमा हमाल

चलचित्र क्षेत्रका बरिष्ठ निर्देशक मदन घिमिरेले नेपाली चलचित्रका महानायक राजेश हमालसंग लामो समयको अन्तराल पछि सहकार्य गर्ने अवसर मिलेको छ । चेतना मुलक ‘सम्झिएर जिन्दगी…’ बोलको गीतको भिडियोमा संगित देवकुमार चौधरी, स्वर प्रमोद खरेल, शब्द सपना पुन, निर्देशन मदन घिमिरेको रहेको छ ।

मोडल राजेश हमाल, पुष्पा लिम्बुको अभिनय रहेका भिडियोका छायाँकार डम्बर राई, एरेन्जर अशोक राईको रहेको छ । म्युजिक भिडियो निर्माण क्रममा सहयोग गर्नुहुने सबैलाई निर्देशक घिमिरेले धन्यबाद दिनुभएको छ ।