मिलनलाई नि समात्यो कोरोनाले

- मेराेफिल्म

फिल्म निर्देशक मिलन चाम्सलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कलाकार तथा क्याप्टेन विजय लामाले फेसबुकमा स्टाटस लेख्दै चाम्स संक्रमित भएको जानकारी दिएका हुन् ।

हिजो लामाले फेसबुकमा लेखेका छन् ‘अन्ततः नेपाली चलचित्र जगतमा पनि एउटापछि अर्कोलाई कोरोनाको संक्रमणले च्याप्दै छ । आज मेरो भाइ वरिष्ठ निर्देशक मिलन चाम्सलाई पनि छोडेन यो कोरोनाले । लु हो भाइ सरकार, हिजोको दिन तिमिले मेरो लागि प्रार्थना गर्यौ र माया अनि साथ दियौ, आज मेरो तर्फबाट पनि त्यतिकै माया, साथ अनि प्रार्थना है । शिघ्र स्वास्थ लाभको कामना सहित आशिर्वाद । जय चन्द्र सुर्य ।’ बिजय लामा पनि केहि दिन अघि कोरोना संक्रमणबाट मुत्त भएका हुन् ।  तर यता मिलनले भने कुनै जानकारी दिएका छैनन् ।

https://www.facebook.com/captainvijay/posts/1477828429088151

 

२०७७ कार्तिक ९ गते १९:१४ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *